सिक्री लुट्न नक्कली सुनको प्रयोग, महेन्द्रपुलबाट लुटिइन् गुरुङ

कास्की | असार १६, २०७९

सिक्री लुट्न नक्कली सुनको प्रयोग, महेन्द्रपुलबाट लुटिइन् गुरुङ

कास्की:    पोखराको मुख्य चोक महेन्द्रपुलबाट एक महिला लुटिएकी छिन् ।  आफ्नो छोरीलाई भेट्न आएकी तनहुँ खैरेनीकी ६७ वर्षिया जिमाया गुरुङ आज (बिहिबार) दिउँसो करिब २ बजे पोखरा ९ महेन्द्रपुलबाट लुटिएकी हुन् । 

 

प्रहरी स्रोतका अनुसार दुई अज्ञात व्यक्तिको समुहले नक्कली सुनको धातु देखाएर गुरुङको १ तोलाको सुनको सिक्री चोरी फरार भएका थिए । अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको टोली फरार द्वयको खोजीकार्य तिब्र पारेको बताइएको छ । 
 

 

फुटपाथमा भेट गल्लीमा लुट

 

दिउँसो २ बजे महेन्द्रपुलको फुटफाटमा लुटेराहरुले जिमायालाई भेटे र फकाउँदै साँघुकोमुख भित्रको गल्लीमा पुर्याए । 

 

नक्कली सुनको धातुसहित चोर्ने उद्देश्यसहित बजार घुमेका उनीहरुले गुरुङलाई आफुहरुसँग गुरुङले लागाएको सिक्रीभन्दा बढिको सुन रहेको बताए । त्यसपछि उनीहरुले गुरुङले लगाएको सुनको सिक्रीभन्दा बढिको सुन दिने भन्दै प्रलोभनमा पारि नक्कली सुनको धातु भिडाएर फरार भएको बताइएको छ । 

 

त्यसपछि उनले कास्की प्रहरीलाई जानकारी गराएकी थिइन् । तनहुँकी जिमाया अन्नपूर्ण सुपरमार्केटमा कार्यरत आफ्नी छोरीलाई भेट्न पोखरा आएकी थिइन् । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्